शर्मिला वाइबा पक्राउ

admin

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ।

पवन खतिवडा(म्याकुरी) माथि कुटपिट गरेको आरोप उनीमाथि छ । कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो ।

बिहान खाना लागेको बेला प्रहरीले पक्राउ गरेको वाइवा निकट स्रोतको भनाइ छ । वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो ।

वाइवा, सुम्निमा खालिङ लगायतमाथि पवनमाथि हातपात गरेको आरोप छ । ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया