फोटो फिचर

छहरामा केरा किनबेच

छहरामा केरा किनबेच

| धादिङको छहरामा केरा किनबेच हुँदै । यस क्षेत्रमा हरेक दिन रु २ लाख भन्दा बढीको केरा बिक्री हुने गर्दछ । तस्वीर : सीताराम अधिकारी, धादिङ, रासस

ढोरवाराही मन्दिरमा दर्शनार्थीको भीड

ढोरवाराही मन्दिरमा दर्शनार्थीको भीड

| तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको ढोरवाराही मन्दिरमा दर्शनार्थीको भीड । तस्वीर :कृष्ण न्यौपाने, दमौली, तनहुँ÷रासस

दशैंको विशेष परिकार ढिक्रि

दशैंको विशेष परिकार ढिक्रि

| कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ३ का थारु समुदायका भान्सामा पाक्दै गरेको दशैंको विशेष परिकार ढिक्रि । चामलको पिठोलाई बाफमा पकाएर ढिक्रि बनाईने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

मैतीदेवी,गुहेश्वरी मन्दिरमा दर्शन गर्न लामबद्ध दर्शनार्थी [फोटो फिचर]

मैतीदेवी,गुहेश्वरी मन्दिरमा दर्शन गर्न लामबद्ध दर्शनार्थी [फोटो फिचर]

| मैतीदेवी ,गुहेश्वरी मन्दिरमा दशैँको अष्टमीमा बुधबार दर्शन गर्न लामबद्ध दर्शनार्थी । तस्वीर : कुमार चौलागाई रासस

राष्ट्रपतिद्वारा शक्तिपीठहरूमा पूजार्चना[फोटो फिचर]

राष्ट्रपतिद्वारा शक्तिपीठहरूमा पूजार्चना[फोटो फिचर]

| काठमाडौँ, ३१ असोज : महाअष्टमीको शुभदिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गर्नुभयो । राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगती, शोभा...

मनकामनामा दर्शनार्थीको भीड

मनकामनामा दर्शनार्थीको भीड

| बडादशैँअन्तर्गत महाअष्ठमीका अवसरमा गोरखाको मनकामना मन्दिरमा बुधबार दर्शनार्थीको भीड ।   तस्वीर : दीपक श्रेष्ठ, गोरखा, रासस

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजा–अर्चना [फोटो फिचर]

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजा–अर्चना [फोटो फिचर]

| राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा अवस्थित पलाञ्चोक भगवती मन्दिरमा पूजा–अर्चनाका लागि मन्दिरतर्फ प्रस्थान गर्दै । साथमा राष्ट्रपतिकी छोरी उषाकिरणलगायत । तस्वीर : राजकुमार पराजुली, काभे्रपलाञ्चोक, रासस

पलाञ्चोक भगवतीमा लामबद्ध दर्शनार्थी

पलाञ्चोक भगवतीमा लामबद्ध दर्शनार्थी

| काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दशैँको अष्टमीमा बुधबार दर्शन गर्न लामबद्ध दर्शनार्थी । तस्वीर : पेमा लामा, बनेपा, रासस

दशैंमा कामको चटारो

दशैंमा कामको चटारो

| दशैंको मुखमा बारीमा लगाएका कोदो पाकेपछि कोदो र नल काट्न व्यस्त बागलुङका किसान । तस्वीर : तारानाथ आचार्य, बलेवा, रासस

दशैँ मान्न असुरक्षित यात्रा

दशैँ मान्न असुरक्षित यात्रा

| काठमाडौँबाट बनेपा हुँदै दोलखा हिँडेको टिपरमा दशैँ मान्नका लागि घर जान मंगलबार असुरक्षित यात्रा गर्दै यात्रु । तस्वीर : राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, रासस